मुम्बई । चर्चित बलिउड अभिनेता अजय देवगनले पिता गुमाएका छन् । उनका पिता वीरू देवगनको ह्रदयघातका कारण आज ज्यान गएको हो ।

अजय सामान्यतया चलचित्रहरुमा दर्शकलाई मनोरञ्जन अर्थात हास्य पात्रको रुपमा देखा पर्ने गर्छन । उनले केही भावनात्मक अनी द्धन्द भएका दृश्यहरु पनि दिएका छन् ।

पर्दामा दर्शकलाई हसाँउने उनले आज आफ्नै पिताको लाशलाई काँधमा बोक्नुपर्दा उनी मलिन देखिएका थिए । सायद अजयका लागि यो सबैभन्दा दुःखको क्षण हो ।

अजयका पिताको अन्तिम संस्कारमा सबै बलिउड कलाकारहरु देखिएका थिए । ऐश्वर्या राय बच्चन आफ्ना श्रीमान अभिषेक बच्चनसँगै श्रदाञ्जली सभामा गएकी थिईन ।

अमर उजालाले पाएको जानकारी अनुसार वीरू देवगन खाना खाँदै गर्दा अचानक लडेका थिए । काजोल (बुहारी) ले उनलाई अस्पताल लिएर त गईन तर बचाउन सकिनन् ।

उत्ता बुवा बिरामी भैरहँदा अजय भने फिल्म सिटी ‘में तानाजी’ को शूटिंगमा व्यस्त थिए । वीरू देवगनले हिन्दी सिनेमाजगतमा करीब ८० भन्दा धेरै चलचित्रहरुमा द्धन्द निर्देशन गरेका थिए । उनले थुपै्र चलचित्रहरुमा निर्देशकको भुमिका निभाएका थिए ।

सम्बन्धित खबरहरु