रितिक अधिकारी । सर्लाहीको लालबन्दी नगरपालिका –५ मा निर्माणाधीन नमुना मुसहर बस्ती मानविय आवास विपरीत बनेको पाईएको छ । नेपाल सरकार र स्थानिय सरकारले चालु आर्थीक वर्षमा सक्ने गरी निर्माण उपभोक्ता समिति बनाएर विगत करिब ४ महिना पहिला देखि निर्माण कार्य सुरु गरेको नमुना मुसहर बस्तीमा २१ वटा नमुना घरहरु बन्ने लालबन्दी नगरपालिका–५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।

लालबन्दी नगरपालिका–५ को सुकुम्बासी टोलमा जनश्रमदान सहित ७० लाखमा १२ वटा नमुना घर बन्ने छन भनेवडा नम्बर ५ कै रञ्जीतपुरमा जनश्रमदान सहित ४० लाखमा ९ वटा नमुना घरहरु बन्ने वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

चालु आर्थीक वर्षको अन्त्य सम्ममा निर्माण कार्य सकिने गरी काम भई रहेको भएपनि प्राविधिकहरुले नमुना घरहरुमा तल्लो तलामा झ्याल नै नराखेर मानिस बस्न नसक्ने संरचनाको निर्माण गर्न लागेको प्रति वडाअध्यक्ष भण्डारीले आपत्ति जनाउनु भयो ।

ठेकेदार र प्राविधिकको मिलोमतोमा मानिस बस्न नसक्ने घरहरुको निर्माण भएको भन्दै वडा अध्यक्ष भण्डारीले त्यसलाई तत्कालै भत्काई झ्याल सहितको संरचना निर्माण गर्नु पर्ने र त्यसो नभएमा आफुले रकम निकासाका लागी सिफारीस नदिने बताउनु भयो । रञ्जीतपुरमा अहिले निर्माण भई नमुना मुसहर बस्तीमा झ्याल नै नभएका घरहरु धमाधम बनिरेहका छन । तल्लो तलमा झ्याल नभए केह्री फरक नपर्ने प्राविधिकले बताएका छन ।

आफ्नो तत्कालै निर्माण कार्य रोकि मानविय आवासका लागि उपयुत्त तरीकाबाट निर्माण गर्न आग्रह गर्दा पनि ठेकेदार र प्राविधिकहरुले सुझावलाई वेवास्था गर्दै आफुखुसी काम गरी रहेका वडा अध्यक्ष भण्डारीले बताउनु भयो । सुकुम्बासी बस्तीमा सन्तोष जनकै काम भएको भएपनि रञ्जीतपुरमा गुणसतरहिन काम भएको भण्डारीले बताउनु भयो ।

सम्बन्धित खबरहरु