काठमाडौ । भूकम्पले ध्वस्त बनाएपछि चार वर्षदेखि बन्द रहेको तातोपानी नाका बुधबार (आज) देखि सञ्चालनमा आएको छ ।

१२ बैशाख २०७२ को भुकम्प र २१ असार २०७३ मा आएको भोटेकोसीको बाढीले नेपाल चिन जोड्ने मितेरी पुल क्षतिग्रस्त भएपछि सो नाका बन्द भएको थियो ।

भुकम्पले क्षतिग्रस्त भएको मितेरी पुल, लार्चास्थित सुख्खा बन्दरगाह र कोदारी सडक चिनले पुननिर्माण गरिदिएपछि तातोपानी नाका सञ्चालनमा आएको हो । आज धुमधामकासाथ विशेष कार्यक्रम गरेर उक्त नाक पुन सञ्चालन भएको घोषणा गरिएको हो ।

तातोपानी नाका बन्द हुदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो । चिनसँगको सिधा र छाटोदुरीको नाका बन्द भएपछि चिनबाट आउने सम्पुर्ण सामान भारत हुदै नेपाल भित्रिएको थियो भने नेपालबाट चिनमा हुने निर्यात पनि बन्द भएको थियो ।

सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए भने सो नाका हु्दै चिनसँग व्यापार गर्ने व्यापारी व्यवसायीको पनि व्यापारमा सुक्यो । नाका खुलेको पहिलो दिन (बुधबार) तिब्बतको खासाबाट ऊन बोकेका छ वटा ट्रक नेपाल प्रवेश गरेका छन् ।

सम्बन्धित खबरहरु