काठमाडौ । आज र भोली मौसममा गडबडी देखिएको छ । आज दिउँसो देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली, मध्य भु–भाग लगायत पश्चिमि पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यसैगरी आज राति देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू(भागमा मौसम आंशिक बदलि रहने देखिन्छ । पूर्वी भेगका केहि तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।

यसैगरी भोली १६ गते र पर्सी १७ गतेपनि मौसम बदली हुने मौसम पूर्वानूमान विभागले जनाएको छ ।
हेरौ यस्तो छ उसले जारी गरेको सूचना

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१५ देखि २०७६/०२/१७ ) जारीः विहान ६:०० बजे : आज दिउँसो देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१४ देखि २०७६/०२/१६) जारीः साँझ ६:०० बजे : आज राति देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदलि रहने देखिन्छ । पूर्वी भेगका केहि तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।


आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१४ देखि २०७६/०२/१६) जारीः विहान ६:०० बजे : दिउँसो: देशका पूर्वि भू-भागमा आंशिक बदलि रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि अपरान्ह पश्चात वा साँझतिर मध्य र पश्चिमि पहाडि भेगमा आंशिक बदलि रहनेछ । देशका पूर्वि भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ भने अन्य पहाडी भेगका एक दुई स्थानहरुमा अपरान्ह पश्चात वा साँझतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१३ देखि २०७६/०२/१५ ) जारीः साँझ ६:०० बजे : राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वि पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१३ देखि २०७६/०२/१५ ) जारीः विहान ६:०० बजे : देशका पूर्वि भु-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वि भु-भाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

सम्बन्धित खबरहरु