काठमाडौ । सरकारले निम्नमध्यम वर्गलाई ध्यानमा राख्दै आयकरको न्यूनतम आयको सीमा विस्तार गरेको छ। यसअघि प्राकृतिक व्यक्तीले वर्षमा ३ लाख ५० हजार माथिको कमाईमा आयकर लाग्ने व्यवस्था रहेको थियो। त्यो सीमालाई बढाएर ४ लाख प¥याएको छ।

त्यस्तै बैबाहिक जोडीको ४ लाख ५० हजारसम्मको वार्षिक कमाईमा पनि आयकर नलाग्ने भएको छ। यी दुवै न्यूनतम सीमामा सामाजिक सुरक्षा कर भने लाग्ने छ।

सम्बन्धित खबरहरु