काठमाडौं । आज अचानक मौसममा आएको खराबीले देशभरको उडान प्रभावित भएको छ । देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् ।

[caption id="" align="aligncenter" width="1931"] सांकेतिक तस्वीर[/caption]

काठमाडौंको मौसम खराबीका कारण जहाज भैरहवामा आपतकालिन अवतरण गरिएको हो । काठमाडौंमा अपरान्ह अचानक भारी वर्षा भएपछि तनाव भएको हो ।

काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गरी पाँच जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ ।

भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे जानकारी दिएनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् ।

सम्बन्धित खबरहरु