चितवन । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो एकदमै चर्चित भएको छ । धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार केही व्यक्तिले भत्काएपछि धुर्मुस रोएका छन् ।

बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काए पछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् ।

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताए । फाउन्डेशनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो । तर केही स्थानीयले सडक निर्माणका लागि जग्गा छाडेर तारबार लगाउन फाउन्डेशनलाई आग्रह गरेको थिए ।

फाउन्डेशनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन आएपछि यसबारेमा कुरा गर्नेभन्दै तारबार लगाएपछि बुधबार बिहानै रंगशालाको तारबार भत्काइएका हो ।

यो घटनाको अहिले चारैतिरबाट निन्दा भइरहेको छ । यस घटनाको मुख्य योजनाकारमानेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल रहेको खुल्न आएको छ ।

सम्बन्धित खबरहरु