काठमाडौं । चर्चित बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र आउँदो भदौ २७ गतेबाट नेपालभरि प्रदर्शनमा आउँने भएको छ ।

चलचित्र ‘पासवर्ड’ को रिलिज मिति तय भएसँगै अब पल शाह अभिनित चलचित्र ‘हृदय भरी’ तथा दयाहाङ राई र रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ जुध्ने देखिएको छ ।

चलचित्र ‘पासवर्ड’ को निर्देशन सम्राट बस्नेतले गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक बस्नेत आफैंले तयार पारेका हुन् ।

चलचित्रमा विक्रम जोशी, सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी रानालगायतका कलाकारहरुलाई मुख्य भूमिकामा देख्न पाईनेछ ।

यो चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको एउटा गीत र केही दृश्यमा अभिनय रहेको छ । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णुदेभाले निर्देशन गरेका हुन् ।

विष्णुदेभाले जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउडका स्टार कलाकारका नृत्य निर्देशनको रुपमा गरेका छन् । यसरी हेर्द धेरै लागतमा निर्माण भएको चलचित्रले राम्रो व्यापार गर्ने निर्माण पक्षको दावा छ ।

सम्बन्धित खबरहरु