काठमाडौं । सामान्यतया चोरी गर्ने तरिका कस्ता–कस्ता हुन्छन् ? यो बिचमा भारतमा एक अनौठो चोरीको घटना बाहिर आएको छ । भारतको पञ्जाब राज्यको जालान्धरको फतेहगढ साहिबबाट लोकसभा निर्वाचन जितेर आएका कांग्रेस नेता लुटिएका छन् ।

कांग्रेस नेता डा.अमर सिंहको धन्यवाद कार्यक्रममा पाकेटमारहरुले नेताहरुको पैसा चोरी गरेका छन् । नवनिर्वाचित सांसदसँग सेल्फी खिच्न भनेर आएका व्यक्तिहरुले नै नेताहरुको पाकेट मारेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार घटना अमलोह रोड नजिकै स्थित सुरजीत बैंक्वेट हलमा हिजो भएको हो ।

यहाँ राज्यका विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताहरु सांसदलाई बधाई दिनको लागि आएका थिए । विधायक रणदीप काका समेत १० कांग्रेस नेताको पैसा चोरी भएको बताइएको छ ।

पाकेटमारको समुहले विधायकका पीए राम कृष्ण भल्लाको पर्स पनि चोरेको जनाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेका अमलोह डीएसपी गुरशेर संधूका अनुसार चोरहरु प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरीले छिट्टै नै सबैलाई पक्राउ गरेर सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित खबरहरु