चितवन । चितवनको रामपुरमा निर्माधिन अवस्थामा रहेको रंगशालाको बार भत्काईएपछि उक्त घटनाको चौतर्फी आलोचना भईरहेको छ । राजनीतिक आड र केही स्वार्थ बोकेका मानिसहरुले बारमा डोजर लगाएपछि रंगशाला निर्माणमा सुरक्षाको प्रत्याभूती नभएसम्म काम रोक्ने निर्णय गरिएको थियो ।

आज मात्र विभिन्न संघसंस्था तथा स्थानीयहरुको रहोबरमा रंगशाला निर्माणको काम नरोक्न र साथ समर्थन जनाउँदै भत्काईएका बार उठाउँने काम भएको छ । त्यस भन्दा अघि भएको सानो कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले आफुले रंगशाला निर्माणको क्रममा कुनै गलत काम नगरेको भन्दै आफु रुखमा झुण्डिन तयार रहेको बताएका छन् ।

उनले बार भत्काईएपछि धुर्मुसले दिएका अभिव्यक्तिपछि केही सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी भएको भन्दै उनले भने “विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । यसलाई मैले प्रस्ट पार्न जरुरी छ । मैले कुनै पनि गलत चीज , कुनै पनि बनावटी चीज यदि व्यक्त गरेको भए म अहिले नै यही पर भएको रुखमा झुण्डिन तयार छु ।

आफुले कुनै पनि बनावटी कुरा नराखेको भन्दै उनले अगाडी भने “म हत्तपत्त रुने मान्छे होईन । यो घटनामा म रोए । कसैलाई लाग्ला यसले नाटक गर्न रोयो । मेरो मन रोको हो र सिंगो नेपालीहरुको मन रोको हो” ।

उनले चितवनमा आफनो घर बनाउँन आएको नभई सिंगो देशको आवश्यकताको र खेलाडीहरुका लागि रंगशाला बनाउँन आएको बताए । सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी आएको भन्दै उनले अगाडी भने “जो मान्छे हामीसंगै पटक पटक वार्ता गर्थे , हिड्थे हामी संगै खान्थे , हामीसंगै काममा भिड्थे तिनै मान्छेले डोजर लगाएको दृश्य देख्दा जसको पनि मन रुन्छ” । उनले बार लगाउँने काम पनि सबैलाई सोधेर गरिएको बताउँदै धुर्मुसले अथक बिन्ती गर्दा पनि डोजर चलाएको बताए । उनले प्रहरी देखि कर्मचारीहरुले समेत खिचेको भिडियो र तस्बिर टाउको फुट्न सक्छ भन्दै लखेटी लखेटी डिलिट गर्न लगाएको बताए ।

उनले बिदेशमा रगत पसिना बगाएर नेपालीहरुले पठाएको पैसामा खरिद गरिएको बारमा डोजर लगाउँनु त्यो भन्दा ठुलो अपराध अरु केही नभएको उनले दोहो¥याए । उनले बार भत्काउँने काममा संलग्न रहेकाहरुले स्थानीयदेखि आफुहरुलाई समेत बारम्बार धम्की दिने गरेको बताए ।

धुुर्मसले रंगशाला निर्माण गर्न आफुहरु असुरक्षित रहेको बताउँदै उनले रंगशाला जुन उदेश्य र अभियानका साथ सुरु गरिएको थियो त्इसलाई अगाडी बढाउँने जिम्मेवारी स्थानीयकै रहेको बताए । उनले प्रशसनलाई कोही निर्दोष प्रक्राउ परेको भए रिहा गरिदिन आग्रह गरे ।

उनले भावुक हुँदै भने “मलाई चिरेर हेर्नुस तपाईले भेट्ने इमान्दारीता मात्र हो । ममा केही स्वार्थ छैन । राम्रा र असल कामका लागि म मर्न पनि तयार छु । म यहाँ न कमाउँन आको हो , न भ्रष्टचार गर्न आको हो न कसैलाई कमिसन दिन आको हो ।

कमिसनको माग गरिन्छ यहाँ हामीलाई कसरी स्वीकार्य हुन्छ रु” उनले भने “म कुनै पार्टीको झण्डा बोकेर आएको होईन देशको झण्डा बोकेर अन्तिम साससम्म अगाडी बढ्छु” । उनले रंगशाला निर्माणका लागि सुरक्षाको ग्यारेन्टी दिन पनि उनले आग्रह गरे ।

सम्बन्धित खबरहरु