काठमाडौ । आफुले भूत, भविष्य र वर्तमान बताउन सक्ने । आफुलाई फेस रिडर बताउने अर्जुन क्षेत्रीले नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा फेरी एक पटक ठूलो भूकम्प जाने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

उनले बाँकेको नेपालगन्ज, रुपन्देही वा दाङ केन्द्रविन्दु भएर ठूलो भूकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् । उनले जेठ देखि असोज महिना भित्रमा २०७२ सालमा गएको जस्तै ठूलो भुकम्प जाने दोहोर्याएका छन् ।

क्षेत्रीले आफुले भवितब्यका विषयमा भविष्यवाणी गर्दा ज्यान मार्ने धम्की आएको बताए । उनले भने मलाई जेल हाले हाल्नुस् तर देशमा फेरी ठूलो भुकम्प जान्छ ।

सतर्क रहनुपर्छ । उनले आफु भविष्यमा हुनसक्ने खतरा बताउन सक्ने भएकाले सबैलाई बेलैमा सचेत गराउन जानकारी दिने गरेको बताए ।भविष्यमा आउन सक्ने खतराको बारेमा बताउँदा आफुलाई ज्यान मार्ने धम्की आएको उनले बताए ।

तर त्यस्ता धम्कीसंग आफु नडराउने उनको भनाई छ । उनले भने अहिले मैले भनेको कुरा लेखेर राख्नु जुन दिन पुरा हुन्छ त्यो दिन सम्झनुहुनेछ ।

उनले वारा र पर्सामा आउन सक्ने हावाहुरीका बारेमा आफुले पहिले नै बताएको बताए । त्यतिबेला मलाई सबैले पागल भने सिताराम कट्टेल धुर्मुस बारा पुगे पछि मलाई फोन गरेर भन्नुभयो । भाई तिमीले भनेको कुरा पुग्यो ।

उनले नेपालमा यस अघि भएको जहाज दुर्घटनाका बारेमा पनि आफुले सजग बनाएको बताए । म धेरै बोल्छु त्यही भएर मेरो कुरा धेरैले विश्वास गर्दैनन् उनले भने तर जव पुरा हुन्छ अनि विश्वास गर्नुहुन्छ ।

सम्बन्धित खबरहरु