काठमाडौ । अहिले भारतमा एक सांसद सुन्दरी सांसदको रुपमा भाइरल भएकी छिन् । भारतको लोकसभा निर्वाचनमा नव निर्वाचित सांसद मिमी चक्रवर्तीको चर्चा यतिबेला चुलिंदो छ ।

पेशाले कलाकार रहेकी मिमी हालै सम्पन्न निर्वाचनमा तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित संसद हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

यति सुन्दर महिलाले नेत्रीका रुपमा कस्तो भूमिका निर्वाह गर्ने हुन् ? त्यो सबैको लागि कौतुहलताको विषय बनेको छ । यद्यपी सामाजिक सञ्जालमा सक्रिय मिमीलाई धेरैले शुभकामना समेत दिएका छन् । प्रशंसकहरुले उनको राजनीतिक जीवन सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । करिब एक दशकदेखि बंगाली चलचित्र र टेलिभिजनमा ख्याती कमाएकी यी ३० वर्षीय सुन्दरी राजनीतिक जीवनमा कति सफल हुने हुन्, त्यो भने हेर्न बाँकी नै छ । उनका केही तस्विर हेर्नुहोस् ।

सम्बन्धित खबरहरु