काठमाडौं । जनताले अहिले पनि याद गरिरहेका स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको हत्या भएको आज १८ वर्ष पुरा भएको छ । २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा शाहको वंशनाश भएको थियो । नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ । उहाँ वि.सं. २०२८ देखि २०५८ नेपालको दशौं शाहवंशीय राजा हुनुहुन्थ्यो ।

उहाँले २०२८ देखि २०५८ सम्म नेपालमा शासन गर्नुभएको थियो । उहाँका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह । धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो ।

वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ गते भएको थियो । उहाँको प्रारम्भिक शिक्षा दरवारमा नै भयो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उहाँ बेलायतको इटन कलेजमा जानु भएको थियो । पछि जापान तथा अमेरिकामा पनि उहाँले थप अध्ययन गर्नुभएको थियो । बीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । पञ्चायत कालको उत्कर्षका बेला २०२८ मा बाबु राजा महेन्द्रको निधन पछि यिनी राजा रााज बन्नु भएको थियो ।

बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ । राजा बीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो । तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन २०५६ देखि २०५१ सम्मसम्म पुग्यो ।

नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो । घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए । यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो । त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरे पनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन् ।

सम्बन्धित खबरहरु