एजेन्सी । भगवान राम भक्त मात्र हैन बीर हनुमानको दैविक शक्ति अपार छ । हिन्दु धर्म ग्रन्थका कथाहरूलाई राम्रोसँग बुझ्ने कोशिस गर्यो भने यी कथाहरू एकदमै रोचक छन् । देवता र राक्षस, राजा र रानीको कथा मात्रै होइन, कुनै कुनै पक्षहरू यस्ता रहस्यमय अनि अपूर्ण छन् कि त्यसको बारेमा घोरिएर सोच्न बाध्य भइन्छ ।

हामीले सुनेका थियौँ कि, आत्मा कहिल्यै मर्दैन अनि एउटा रूपबाट अर्को रूपमा जन्म लिइरहन्छ। तर हिन्दु धर्मका अनुसार, कुनै कुनै प्राणीहरू युगौँ युगसम्म पनि एउटै रूप लिएर पृथ्वीमा बसिरहन्छन् भन्ने विश्वास गरिन्छ। जसमध्ये रामभक्त हनुमान पनि एक हुनुहुन्छ ।

सायद तपाईँहरू मध्ये कसैलेपनि हनुमानको मृत्यु भएको कतै सुन्नुभएको छैन होला । हनुमानलाई शिव भगवानको अवतार मानिन्छ। राम पनि विष्णु भगवानको अर्को अवतार मान्निछ ।

तर, रामले जस्तै हनुमानले पनि नश्वर अवतार छाडेर गएको कतै उल्लेख गरिएको छैन। उहाँ स्वर्गमा गएको कथा पनि कतै सुनिन्न। त्यसैले गर्दा नै कतिपयले हनुमान अझै पनि हामीबीच नै हुनुहुन्छ भन्ने विश्वास गर्छन् । यो तर्क विद्धानहरुमापनि छ ।

राम र सीताले नै हनुमान अमर बनाउनुभएको छ । हिन्दु ग्रन्थका अनुसार, श्रीराम र सीता माताले हनुमानलाई अमर रहने वरदान दिनुभएको थियो । किनकी जबसम्म मानवजातीले रामको नाम पुकार्नेछन् तबसम्म हनुमानले पृथ्वीमा बसेर रामभक्तहरूको लागि ज्ञान बाँढ्न इच्छा व्यक्त गर्नुभएको थियो ।

रामायणको घटना त्रेता युगमा घटेको थियो, त्यसै गरी महाभारत द्वापर युगमा भएको थियो। तथापी, ग्रन्थहरूमा महाभारतको पालामा पनि हनुमानले भिमलाई भेटेको उल्लेख गरिएको छ । त्यसको मतलब द्वापर युगमा पनि हनुमान जिउँदै हुनुहुन्थ्यो । अनि अहिले कलियुगमा पनि हनुमान जिउँदै हुनुहुन्छ भन्ने भक्तालुहरू विश्वास गर्छन् ।

प्राचीन कालका केहि विद्वान व्यक्तिहरूले हनुमानलाई देखेको दाबी गरेका थिए। १३औँ शताब्दीमा ऋषी माधवाचार्यलाई हनुमानले भेट्न आएको भनेर इतिहासमा उल्लेख नै छ।

सन् १६०० को प्रारम्भिक समयतिर, हनुमानले तुलसीदासलाई भेट्न आएर हिन्दी भाषामा रामायण लेख्न प्रेरित गरेको पनि उल्लेख छ। त्यसै गरी, रामदास स्वामी, राघवेन्द्र स्वामी, स्वामी रामदास र श्री सत्य साइ बाबाले पनि हनुमानको दर्शन पाएको उल्लेख छ ।

त्यसो भए कहाँ हुनुहुन्छ हनुमान ? यति पढेपछि यो प्रश्न सबै पाठकमा आउँनु स्वभाविक हो । हनुमानको बासस्थान भारतको तमिल नाडु जिल्लामा पर्ने रामेश्वरम नजिकै भएको ‘गन्दमदना पहाड’मा रहेको भक्तालुहरू विश्वास गर्छन् । यसैले यो पहाड अहिलेपनि पवित्र धार्मिक आस्थाको धरोहर रहेको छ ।

बडो मेहनत र खोजले तयार पारिएको यो लेख अरुलाईपनि सेयर गरेर भगवान हनुमानको महिमा बढाउनुहोस् । जीवन सँधै संबृद्ध र सुखी, सुरक्षित हुनेछ ।

सम्बन्धित खबरहरु