सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाउएकी छन्। आइतवार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयको सचिवहरुको कार्य क्षमता, कुशलता, समन्वयमा अभाव देखिएको दावी गरिन्।

सांसद झाँक्रीले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।

भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुने प्रावधान राखिएको उल्लेख गर्दै नेपालमा पनि सचिव हुन अधिकृत भएको कम्तिमा २५ वर्ष हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क छ । सांसद झाँक्रीले अधिकृत भएको केही वर्षमै सचिव हुने भएका कारण पनि सचिवहरुमा कार्य कुशलताको अभाव देखिएको दावी गरिन्।

सांसद विमला विश्वकर्माले बन्द९हडतालमा उत्र्ने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिन् । जनताको सेवामा केन्द्रित हुनुपर्ने कर्मचारीहरु विगतमा पनि बन्द-हडतालमा सहभागी हुने गरेको बताउँदै उनले अब त्यसो गरे कडा कारवाही गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिइन्।

समितिका अर्का सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले भने चिकित्सकहरुलाई जथाभावी सरुवा नगर्न सरकारलाई सचेत गराए। चिकित्सकहरुको क्षमता प्रयोगमा आउनेगरी उनीहरुलाई सरुवा गर्ने कानुन व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ ।

सांसद अधिकारीले चिकित्सकहरुलाई आवश्यकता अनुसार घुम्ती शिविरमा पठाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर