काठमाडौं । पछिल्ला केही दिनहरुमा आफ्ना अश्लील तस्वीरका कारण चर्चामा आएकी अभिनेत्री वर्षा राउतको आजसम्म आलोचना कम भएको छैन । चलचित्रमा साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् ।

तर, आजसम्म उनको पहिरनलाई लिएर कहिल्यै आलोचना भएन । न त ट्रोलको शिकार नै भएकी थिइन् । यसपटक भने उनी पहिरनका कारण पहिलो पटक नराम्रोसँग ट्रोलको शिकार हुनु परेको छ ।

वर्षा अहिले फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । गएको शुक्रवार भएको फिल्मको विशेष प्रदर्शनीमा उनले घाँटीको भाग धेरै खुलेको सेतो र कालो रंग मिसिएको लामो गाउन लगाएकी थिइन् ।

उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देख्न सकिन्छ । विवाहपछि उनी पहिलो पटक यसरी प्रस्तुत भएको देखिएको छ ।

ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै सयौं ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् । चारैतिरबाट विरोध हुन थालेपछि उनलाई साथ र हिम्मत दिन श्रीमान् संजोग कोइराला अगाडि सरेका छन् ।

उनले वर्षासँगको रोमान्टिक दुई फोटो सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु ।

म तिमीसँग धेरै समय बिताउने कोशिश गर्छु । तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं ठिक र ठिक काम गर्न सक्दिनौ, ठिकै छ ।

तिमी सबै कुरामा पर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’ कोइरालाको यो बयानले उनलाई एक असल जीवनसाथिका रुपमा परिचीत गराएको छ ।

सम्बन्धित खबरहरु