नयाँदिल्ली । हिजो दिउँसो देखि हराइ रहेको भारतीय विमान फेला पर्न सकेको छैन । विशेष सेनाको टोली गएर हेर्दा पनि कतै नदेखिएको जनाइएको छ ।

भारतीय वायु सेनाको रूसद्धारा निर्मित एएन–३२ यात्रुवाहक विमान आसामको जोरहाटबाट उडान भरेको आधा घण्टामा नै बेपत्ता भएको थियो । यस विमानमा १३ जना सवार भएको जानकारी दिइएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अधिकारीहरुसँग कुरा गरेको भन्दै खोजिकार्य तिव्र रुपमा चलिरहेको जानकारी दिनुभयो । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशमा भारतीय वायुसेनाको विमान बेपत्ता भएको हो ।

चीनको सीमा नजिकैबाट विमान बेपत्ता हुँदा धेरैले चीनमाथि शंका गरेका छन् । स्रोतका अनुसार विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु थिए । विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै खबर नआएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु