काठमाडौ । सारै डरलाग्दो तथ्य बाहिर आएको छ । नयाँ मोबाई किन्न बजार जानुभएका तपाई हामी जो कोही फस्न सक्छौ । भारत लगायतका तेस्रो मुलुकबाट चोरिएका मोबाइल नेपालमा नयाँ कम्पनी पिस भन्दै बिक्री भइरहेको फेला परेको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट चोरी गरिएका मोबाइल नेपालका बजारमा ल्याएर बेच्ने गरिएको तथ्य भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएपछि यो डरलाग्दो तथ्य खोजी भएको छ । यस्तो समाचार सोमबारको भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित भएको छ ।

समाचारमा जनाइएअनुसार ती मोबाइल ६० लाख भारु मूल्य बराबरका छन् । यसरी चोरी गरिएका मोबाइलमा ९० वटा आइफोन छन् । सातजनालाई पक्राउ गरिएपछि मोबाइल सेट फिर्ता लिइएको जनाइएको छ ।

विभिन्न ब्रान्डका तीनसय १० वटा मोबाइल दिल्लीमा चोरी भएका थिए । यसरी चोरी गर्ने मध्य दिल्लीको गफ्फर मार्केटमा मोबाइल मर्मतको काम गर्ने व्यक्तिहरु भएको प्रहरीको क्राइम ब्रान्चका डिपुटी कमिसनर राजेश देवले बताएका छन् ।

प्रहरीले मोबाइलका मालिकहरुलाई ती फोन दाबी गर्न आग्रह गर्दै इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको जनाइएको छ । ‘‘हामीले केही दिनभित्रैमा सो सम्बन्धी विस्तृत विवरण वेबसाइटमा राख्नेछौं,” प्रहरीले भनेको छ ।

प्रहरीका अनुसार ती सातजना व्यक्ति २३ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपालका राम सिंह नामका एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाइएको छ । तर त्यसको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।

उनलाई २० हजार मासिक तलब दिने गरिएको र त्यति दिएबापत उनले नेपालमा मोबाइल कता पठाउने भन्ने मामिलामा संयोजनको भूमिका निर्वाह गर्दै आएको बताइएको छ । भारतीय प्रहरीका अनुसार सो समूहमा भएका मानिसले अघिल्लो वर्षको शुरुबाट सो काम थालेको बताइएको छ ।

केही वर्षदेखि नेपालमा विभिन्न ब्रान्डका सेकेण्ड ह्याण्ड फोनको माग बढेको र सो समूहले दिल्लीबाट नेपाल आउने नियमित बस सर्भिसबाट सो फोन पठाउने गर्दै आएको प्रहरीले जनाएको छ ।

नेपालमा ती फोन किन्नेले पनि ठूलो धनराशी खर्च गरेर किनेको पाइएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मध्येका ३० वर्षीय नरेश कुमार यस खालको अपराधमा काम गर्नुअघि फाइनान्समा काम गर्ने गर्दथे ।

कुमारबाट मात्रै प्रहरीले दुईसय ११ वटा मोबाइल जफत गरेको थियो । उसको सहयोगीबाट प्रहरीले थप एकसय फोन पाएको थियो । ती सबै मोबाइल फोनको मूल्य ६० लाख रुपैयाँ भन्दा बढी भएको जनाइएको छ ।

सम्बन्धित खबरहरु