काठमाडौ । भारी सभामा अचानक अश्लील (पोर्न) फिल्म सुरु भएपछि तनाव भएको छ । खाद्य तथा नागरिक आपूर्ति विभागको बैठकमा अचानक पोर्न फिल्म सुरु भएपछि अधिकारीहरु लज्जीत हुनु परेको छ । बैठकको अध्यक्षता विभागका सचिव मुग्धा सिन्हाले हिजो सचिवालयमा एनआईसीको हलमा गर्नुभएको थियो ।

वास्तवमा ति अधिकारीहरु भिडियो कन्फ्रेस गरेर छलफल गरिरहेका थिए त्यही समयमा अचानक स्क्रीनमा एक अश्लील भिडियो क्लिप सुरु भएको थियो ।

आफुले यस्तो दृश्य देखेपछि तुरुन्त एनआईसी निर्देशकलाई फोन गरेर घटनाको बारेमा जानकारी गराउँदै छानबिन गर्नको लागि अनुरोध गरेको सिन्हाले जानकारी दिनुभयो । सिन्हाका अनुसार लगभग १० विभागका अधिकारी र एनआईसी प्रतिनिधि हलमा उपस्थित थिए ।

राज्यका सबै ३३ जिल्लाका आपूर्ति अधिकारी पनि भिडियो कन्फ्रेसको माध्यमबाट बैठकमा भाग लिइरहेका थिए । बैठक विभिन्न योजना र कार्यक्रमका बारेमा समिक्षा गर्नको लागि आयोजना गरिएको थियो । सिन्हाका अनुसार एनआईसी निर्देशकले घटनाको बारेमा सत्थतथ्य चेक गर्दै दोषिलाई कारबाही गर्ने जनाउनु भएको छ ।

भारत बिचित्रताले भरिएको देश हो । भारतमा बेलामा रोचक घटनाहरु घट्छन् । केही समय अगाडीपनि केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा खुले आम निलो फिल्म प्रदर्शन भएको हो ।

त्यहाँ हजारै मानिसहरुले हेरिसकेकाछन् । बसपार्कमा राखिएको विज्ञापन देखाइने दुइवटा पर्दामा अचानक निलो फिल्म चलेको हो । त्यहाँ रहेका सबै मानिसहरुले निलो फिल्म देखे पछि छक्क परेका थिए । अहिले प्रहरी आएर फिल्म बन्द गर्न लगाएको छ ।

खासमा केबल अपरेटरले बिज्ञापन लोड गर्नुपर्ने ठाँउमा गल्तीले पोर्न फिल्म लोड भएको जानकारी प्राप्त भएको छ । ड्युटीमा रहेका मंजुर नामको अपरेटरले गल्ती स्वीकारेको छन् । उनलाई गिरफ्तार गरिएको र आइपीसी धारा २९२ को आधारमा कारबाहि प्रक्रिया अगाडि बढाइएको छ । एजेन्सी News Source Link 

सम्बन्धित खबरहरु