काठमाडौ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण भएको थाहा पाउनु भएको छ ? छ भने, तपाईले उजुरी दिन सक्नुहुने छ। सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले कसैले जग्गा अतिक्रमण र हिनामिना गरेको सम्बन्धमा उजुरी दिन सार्वजनिक आह्वान गरेको छ।

यस्तो सूचना तथा उजुरी आयोगको इमेल,फ्याक्स वा हुलाक मार्फत वा कार्यालयमा आफैं आई दिन सकिने छ। यस्तै सिंहदरबारभित्र रहेको केन्द्रीय सर्भिस सेन्टरमा रहेको आयोगको कार्यालयमा आफैं उपस्थित भएर पनि यसखालको निवेदन वा उजुरी दिन सकिन्छ।

जेठ १५ गते सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनमा कार्यालय स्थापना गरी आयोगले काम थालेको अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले विज्ञहरूसँग छलफल र परामर्श थालेको छ।

सम्बन्धित खबरहरु