काठमाडौं । महाभुकम्प आउँछ भन्दै जनताका आतंक फैलाएको आरोपमा पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीले आफूले महाभूकम्प आउने कुरा अनुमान गरेको बयान दिएका छन् । हिजो गौशालाबाट पक्राउ परेका क्षेत्रीले प्रहरीसमक्ष दिएको बयानमा आफूले अनुमान मात्र गरेको बताएका हुन् ।

यसअघि उनले सामाजिक संजालमार्फत आफूलाई ज्योतिष बताउँदै नेपालमा जेठ महिनाभित्र महाभूकम्प आउने ठोकुवा गरेका थिए । प्रहरीसँगको बयानमा उनले अनुमानको भरमा उक्त कुरा बोलेको बताएका हुन् ।

प्रकाउ परेका क्षेत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । जेठ महिनाभित्र महाभूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । उनीमाथि ज्योतिष महासंघले समेत कारबाही गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस, सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीले विभिन्न यूट्यूव च्यानलमा अन्तर्वार्ता दिँदै जेठ १७ गतेदेखि २८ गतेसम्म खतरा भनेर आतंक फैलाएका थिए ।

उनले जेठमा भूकम्प नगएपनि जेठदेखि असोजसम्म ७ रेक्टरको भूकम्प आउने ठोकुवा गरेका छन् । विभिन्न समयमा धेरै विवादित भविष्यवाणी गरेर विवादमा फस्ने गरेका उनी आफूलाई फेस रिडर र ज्योतिष भन्ने गरेका छन् ।

तर वास्तविकतामा भने उनी फेस रिडर र ज्योतिष दुवै नभएको रहस्य खुल्न आएको छ । मिडियामा आफूलाई ज्योतिष भनेर भाइरल हुँदै आएका क्षेत्रीका आफन्त र नजिकका चिन्ने–जान्नेहरुको उनी बारे फरक धारणा छ ।

उनले विभिन्न अन्तर्वार्तामा आफू २७ वर्षको भन्ने गरेको भएता पनि उनको जन्मवर्ष भने २०५६ रहेको छ । उनको वास्तविक नाम अर्जुन थापा हो भने उनको स्थायी घर भोजपुर हो । उनले गरेका केही–केही अनुमान नमिलेका भने होईनन् ।

उनका आफन्तहरुका अनुसार अर्जुनका पीता सेनामा थिए, जसको जागिरकै क्रममा निधन भएको थियो । पिताको निधन पछि आमाले चिया दोकान गरेर उनलाई हुर्काउने र पढाउने काम गरेकी थिइन् ।

मावलीमा बसेर पढेका उनले २०७२ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित श्री माध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । यसरी हेर्दा उनले ज्योतिष विद्याका नाममा धेरैलाई ठगेको बुझिएको छ । उनले २०८० सलमा नेपालमा राजतन्त्र आउँने पनि ठोकुवा गरेका छन् ।

सम्बन्धित खबरहरु