काठमाडौं । पछिल्ला दिनहरुमा पत्रकारलाई थर्काएको विषयले चर्चामा आउँनु भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भ्रष्ट्राचारीलाई आफ्नो क्षेत्रमा कुनै स्थान नभएको बताउनु भएको छ । उहाँले आफुले सबै पत्रकारलाई धम्की दिएको नभई पत्रकारका नाममा कसैको स्वार्थका लागि लेख्नेहरुलाई ठिक पार्न लागेको बताउनु भयो ।

उहाँले कर्मचारीतन्त्रमा भ्रष्ट्राचार मौलाउँदै गएको भन्दै कर्मचारीहरु नसुध्रेको खण्डमा आफुले सबैलाई कारबाही गर्ने जनाउँनु भएको छ । उहाँले विभिन्न व्यक्तिहरुलाई दिएको अन्तरवार्तामा आक्रमक रुपमा प्रस्तुत भएको विषयले अहिले सबैको ध्यान तानेको छ । चौधरीले लगातार एकपछि अर्को गर्दै पत्रकारलाई धम्की दिने कामहरु गर्दै आएपछि पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिसम्म जारी गर्नुपरेको छ ।

एक अन्तारवार्तामा उहाँले आफ्नै पार्टीका शिर्ष नेताहरुको नाम नै तोकेर उनीहरुलाई कसैले केही गर्न नसकेको भन्दै आफुलाई पनि कसैले केही गर्न नसक्ने जनाउँनु भएको थियो । उहाँले हिजो माओवादीले जनयुद्ध सुरु गर्दा १७ हजारले बलिदानी दिएको तर पुष्पकमल दाहाल प्रचण्डमाथि कसैले केही गर्न नसकेको प्रशंग उल्लेख गर्नुभयो ।

उहाँलाई पार्टीका नेताहरुले शान्तिसँग काम गर्न सुझाएपछि उहाँ अहिले अलिक नरम रुपमा देखा पर्नुभएको छ । आफुले लामो समय देखि राजनीति गर्दै आएको भन्दै को कस्तो छ भन्ने कुरा आफुलाई राम्रोसँग थाहा भएको भन्दै उहाँले आफुलाई कसैले सिकाइरहनु नपर्ने बताउनु भएको छ । विशेष गरेर पछिल्ला दिनहरुमा उहाँको पक्षमा सम्रग सामाजिक सञ्जाल अगाडी आएको छ ।

उहाँले इटहरीमा नयाँ क्रान्ति सुरु भएको भन्दै अबको केही महिना भित्र केही आधारभुत कुराहरुमा आमुल परिवर्तन आउँने जानकारी गराउँनुभयो । आफु सन्की भएको भन्दै आफुलाई इज्जत दिएर बोल्ने कुरा मन नपर्ने उहाँको तर्क छ । उहाँको बोलिको आषय भन्दा पनि धेरैलाई उहाँको शैली मन नपरेको बताइन्छ । भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु