युएई । धेरै नेपालीहरुको कार्यथलोको रुपमा रहेको संयुक्त अरब इमिरेट्सको दुबइमा बस दुर्घटनाग्रस्त भएको छ । गएराती भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । ५ जना गम्भीर घाइते छन् । मारिने १७ जना विभिन्न फरक फरक देशका छन् । यीमध्ये नेपाली पनि हुन सक्ने आशंका गरिएको छ तर यसको पुष्टि हुन सकेको छैन ।
बसमा विभिन्न देशका ३१ जना यात्रु थिए । यी सबै यात्रुहरु ओमानबाट विदा मनाएर फर्किने क्रममा शेख मोहम्मद बिन जायेद रोडमा दुर्घटना भएको खलीज टाइम्सको समाचारमा उल्लेख छ । बस मेट्रो स्टेशन नजिकै गाइडिङ बोर्डमा ठोक्किएको बताइएको छ । घाइतेहरलाई राशिद अस्पताल भर्ना गरिएको छ ।