रितिक अधिकारी, सर्लाही । म दुर्गा कुमारी अधिकारी (पोखरेल),म अहिले २९ वर्षकी भएँ मेरो श्रीमान् पत्रकारीता गर्नु हुन्छ म लुगा सिलाउने सँगै घर चलाउने काम गर्छु । मेरो एउटा छोरो छ । घर व्यवहार हेर्नु, बालबच्चा स्याहार्नु अनि काम गरेर आफ्नो खर्च आफैं पुर्याउन सजिलो छैन तर पनि म श्रीमानले पत्रकारीताबाट कमाएको रकमको आवश्यकता महसुस गर्दीन् ।

उहाँको कमाईमा भर पर्दिनँ घरको सबै काम गर्छु सिलाई पनि गर्दै थिए । त्यही बेला बिहे भयो । बिहेपछि पढाइ पनि राम्रोसँग अघि बढाउन सकिनँ पढाइमा भन्दा बढी ध्यान घरव्यवहारमा दिनुर्पयो केही काम पाउन गाह्रो भयो र अरुको काम गर्न मन पनि लागेन । उहाँ पेशाले स्वास्थ्यकर्मी पनि हुनु हुन्थ्यो । तर विगत लामो समयदेखि पत्रकारीता गरि रहनु भएको कारण उहाँ पत्रकारीता मै रमाउन चाहनुहु्न्छ ।

उहाँको कमाइ खासै छैन मासिक १५ हजार त्यो पनि महिना पुग्ने लगतै आउदैन । त्यसैले म पनि उहाँको कमाइ घरखर्चमा खर्च गर्नु नपरोस् भनेर काम गरिरहेको छु । सिलाइको कामबाट घरव्यावहार चली रहेकै छ । बिबाह भयो तयसपछि मैले झन पैसाको महत्व बुझेको छु कहाँ, कसरी पैसा लगानी गर्ने, कसरी बचत गर्ने भन्नेकुरा पनि सिकेको छु दुई जना मिलेर काम गरि रहेका छौँ ।

मैले कमाएको पैसाले घर खर्च चलाउने र उहाँको कमाइ बचत गरेर केही व्यापार व्यवसाय गर्न पुग्ने बचत भएपछि उहाँलाई पनि पत्रकारीताबाट फिर्ता बोलाउछु सबैकुरा बिस्तारै योजनाबद्ध रुपमा मिलाउँदै लैजान्छु । मलाई यही भन्न मन लाग्छ । आफ्नै देशमा असम्भव भन्ने छैन । मेहन गर्यो भने आफ्नै देशमा सुन नै फलाउन नसकेपनि सम्मानित जीवन यापन गर्न पुग्नेगरी आर्थिक अवस्था बनाउन सकिन्छ ।

सम्बन्धित खबरहरु