काठमाडौँ । अहिले बोल माया गीतको सिक्वयलको रुपमा सार्वजनिक गरीएको ‘गलबन्दी’ गीतले निकै चर्चा पाएको छ । हालसम्म यस गीतलाई करोड भन्दा धेरै पटक हेरिएको छ । युट्युबमा निकै चर्चित बनेपछी गायक प्रकाश सपुतको चौतर्फी चर्चा चलेको छ । गीतमा उनको मौलिकतालाई अत्यन्तै मन पराइएको छ ।
उनलाई धेरैले मन पराएका छन् । यहि बिचमा उनलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिनु भएको छ । आइजिपी खनालले मौलिक गीत पस्केको भन्दै यस्तै गीतको निरन्तरताको लागी शुभकामना दिनु भएको हो । यस्तै गायक प्रकाश सपुतले पनि ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगीत र मौलिकताले आफूलाई दरो बनाएको भन्दै फेसबुकमा लेखेका छन् ।
सपुतले लेखेका छन् । ‘म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।
हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।’ यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ ।