मुम्बई । अहिले बलिउड महानायक अमिताब बच्चनका लागि सबैभन्दा पिडाको क्षण भएको छ । लामो समय अमिताभ बच्चनका सेक्रेटरी र प्रोड्यूसर शीतल जैनको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा ज्यान गएको हो ।

आज बिहान उनको मुम्बईमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनको अन्तिम संस्कार विले पार्ले (पश्चिम मुम्बई) स्थित पवन हंस मसानघाट लिइएको छ । जानकारी अनुसार उनी अमिताब बच्चनसँग झण्डै ३६ वर्षदेखि सँगै काम गर्दै आएका थिए । उनले अमिताभ बच्चनलाई लिएर एक चलचित्र पनि निर्माण गरेका थिए ।

शीतल जैनले अमिताभ बच्चनलाई यो स्थानमा ल्याउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताइन्छ । उनले वसु भगनानीसँग मिलेर अमिताभ र गोविन्दालाई लिएर बड़े मियां छोटे मियां निर्माण गरेका थिए । डेविड धवनको निर्देशनमा बनेको यो एक्सनसँगै भरपुर कमीडी भरिएको यो फिल्मले राम्रो ब्यापार गर्न सफल भएको थियो । एजेन्सी

सम्बन्धित खबरहरु