काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–७ को परोपकार मार्ग निर्माण कार्य अवरुद्ध भएको छ । २०५२–०५३ साल बाट सुरु भएको सडकको निर्माण कार्यमा स्थानिय गोपाल श्रेष्ठले अवरुद्ध गरेपछि सडकको ढल निकासको काम रोकिएको हो ।

भित्रि सडक खण्डको चौडाइ्र्र १२ फिट बनाउने सहमती पछि सडकको निर्माण कार्य स्थानिय निकाय वन्नु भन्दा पहिला देखि नै सुरु भएको भएपनि अहिले स्तरोउन्नती गर्ने क्रममा श्रेष्ठले अवरुध गरेपछि निर्माण कार्य रोकिएको स्थानिय ईन्द्र योन्जनले बताउनु भयो ।

लालबन्दी गाविस हुँदा देखि कै सडक रहेको र अहिले स्तरोउन्नती गर्न ढल निकास गर्ने क्रममा श्रेष्ठले बीच सडकमै आफ्नो घरको कम्पाउण्ड वालका लागि खाल्डो खनेका कारण निर्माण कार्य अवरुद्ध भएको योन्जनले बताउनु भयो । बीच सडकमा खनिएको खाल्डो स्थानिय पुर्न जाँदा श्रेष्ठले सबै स्थानियबासीलाई गाली गलौज समेत गरेका पत्रकार रोहित पौड्यालले बताउनु भयो ।

निर्माण उपभोक्ता समिति मार्फत सडकको स्तरोउन्नती निर्माण कार्य भई रहेको सडकमा श्रेष्ठले खाल्डो खनेर निर्माण कार्यमा समस्या सृजना गरेको निर्माण उपभोक्ता समितिका सचिव रामबाबु साहले बताउनु भयो । त्यस्तै शहिद चोक डुमडुमे मन्दी दक्षिण पुरानो राजमार्ग जोड्ने सडकको ढल निर्माण कार्यमा अनियमितता भएको छ ।

स्थानिय निकायको ४० लाख रकमबाट सो सडकको ढल निर्माण कार्य गर्ने काम सुरु भएको भएपनि पछि ढल निर्माण कार्य रोकि उक्त ढल निर्माणका लागि आएको रकम अन्यन्त्र रकमान्तरण गरिएको प्रति आफुहरुको गंभिर ध्यानाकर्षण भएको अनेरास्वावियुका सर्लाही जिल्ला कमिटि सदस्य आशिषबाबु दाहालले बताउनु भयो । सो सडक खण्डका लागि हरेक वर्ष स्थानिय तथा केन्द्र सरकारले रकम दिने गरेको भएपनि अहिले सम्म सनतोषजनक कुनै काम नभएको हादाले बताउनु भयो ।

सम्बन्धित खबरहरु