बारीमै सुक्यो किसानको उखु, बेच्न नपाएपछि अब दाउरा


काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन ।

 

घर सामुन्नेको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन् । जुन उखु उनका लागि रगत, पसिना सबथोक हो । १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो ।

तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ । वर्ष दिन मेहनत र पसिना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन् ।

केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधा कुहिएका छन् । ‘हामी लुटियौँ । बर्बाद भयौँ । उखु खेतमै सुक्यो मेरा बालबच्चा पनि सुक्ने भए,’ सुमित्राले दुखेसो पोखिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि, ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ ।

महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् ।

पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले करिब पाँच करोड कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर मल सञ्चालनमा आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
माध्यामिक तहको गणित विषयमा पहिले नै यस्तो खालको परिमार्जन
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी त्रिविको अति जरुरी सूचना
Examination Schedule M One Year B. Ed. -2076
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता