काठमाडौं । नेपाल प्रहरीले जनतासँग साथिको व्यवहार गर्दै आएको जनाएको छ । प्रहरी प्रसाशनले यसरी ब्याख्या गर्ने गरेको भएपनि कहिलेकाँही दमन गरेका खबरहरु पनि बाहिर आउँने गर्दछन् ।

यो बिचमा अहिले एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसमा तपाई देख्न सक्नुहुन्छ कि एकजनालाई नियन्त्रणमा लिएर लात्ताले हानिएको छ ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन हुँदा प्रहरीको छवि नै बिग्रने गरी एउटा सार्वजनिक भएको छ ।

यो तस्वीर हेर्दा के अनुमान गर्न सकिन्छ भने नेपाल प्रहरीले मुस्कान सहितको सेवा होईन, लात्त सतिको सेवा भने दिइरहेको छ ।

आज माइतीघर मण्डलमा नेवाः देय् दबूका नेवा राजनीतिक अभियानका नेवाः राष्ट्रिय पत्रकार दबू लगायत नेवार समुदायका अगुवाहरुले प्रदर्शन गरेका थिए । त्यही स्थिति केही असामान्य बन्न पुगेपछि तनाव सुरु भएको हो । प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति बन्न पुग्यो ।

प्रहरीले समातिसकेपछि पनि लातको सिकार भएका हुन् उपेन्द्रकाजी शाक्य हुन । कालो चस्मा र रातो टिसर्टमा देखिएका शाक्यलाई प्रहरीले लाठीले मात्र हानेनन् लात्तीले पनि प्रहार गरेको हो । यो तस्वीरलाई लिएर अहिले नेपाल प्रहरीको तिव्र आलोचना भइरहेको छ ।

 

सम्बन्धित खबरहरु