काठमाडौं । आज देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ । यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ ।

यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा देखिएको हो । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । मौसमबारे थप जानकारी तल राखिएको छ ।

जेठ २७ गते (सोमवार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार) दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

सम्बन्धित खबरहरु