निमावि तहको सबै क्षेत्रको नतिजा सार्वजनिक [यसरी हेर्नुहोस्]


काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक विद्यालय तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले विज्ञान विषयको मध्यमाञ्चल, पुर्वमाञ्चल, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्, लामो समय देखि विवादमा पर्दै आएको लोक सेवा विज्ञापनबारे नयाँ खुलासा भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पोखेको आक्रोशपछि यस्तो खुलासा भएको हो ।

उहाँले भन्नुभएको थियो, ‘हामीलाई पीडा छ । हजुरहरू आउनुस्, मेरो मन्त्रालयमा । तलदेखि माथिसम्म हेर्नुस् । हरेकले मागेको छ त्यहाँ मान्छे । करारमा दिनसक्छौं त हामी अहिले रु हिजो ब्लड रिलेसनका मान्छेहरू राखिएका छन् । कि भन्नुपर्‍यो हाम्रा भाइभतिजा राख्न पाउनुपर्छ भनेर । बोल्दिनुपर्‍यो हजुरहरूले, हामी राख्न तयार छौं ।

त्यो ठाउँमा स्वच्छ, सक्षम नेपाली नागरिकले जागिर खान पाउने कि नपाउने ?’ कोइरालाले यस्तो आक्रोश पोखेको दुई दिनपछि समितिले ‘भाइभतिजा’लाई जागिर खुवाउन बाटो खोलिदिए पछि यसको रहस्य बाहिर आएको हो । लोक सेवालाई विज्ञापन रद्द गर्न निर्देशन दिने पहिलो निर्णय गरेको समिति बैठकले तेस्रो नम्बरमा करारमा नियुक्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय बताइएको छ ।

समिति सदस्यहरूले भाइभतिजाले जागिर खान पाउनुपर्छ भनी तोकेरै त भनेनन्, तर त्यसका लागि आधार तयार पारिदिएर सचिव कोइरालाले ‘नचाहेर राखेको’ माग पूरा गरिदिएको ब्याख्या हुन थालेको छ । समितिले गरेको निर्णयको तेस्रो नम्बरमा यस्तो भनिएको छ, ‘स्थानीय तहको कार्यबोझलाई मध्यनजर गरी उक्त तहको कार्य सम्पादनका लागि

आवश्यक पर्ने कर्मचारीहरू व्यवस्थापन गर्न हाललाई संघको दरबन्दीमा रहेका पुल र फाजिलका कर्मचारीहरूलाई स्थानीय तहमा काजमा खटाउने र स्थायी पदपूर्ति नभएसम्मका लागि आवश्यकता अनुसार निश्चित मापदण्डका आधारमा कर्मचारीहरू करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।’

यस बुँदाले करारमा कर्मचारी नियुक्ति गर्न बाटो खोलिदिएको प्रष्ट भएको छ । करारमा नियुक्त गर्दा नेता तथा पहुँचवालाका नातागोता र आफन्तहरूले मात्र अवसर पाउने गरेको कुरा कसैबाट छिपेको छैन । सचिव कोइरालाले पनि ‘ब्लड रिलेसनका मान्छेहरू’ भनेर यही कुरालाई संकेत गर्नुभएको हो ।

समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि सरकारी सेवामा प्रवेश गर्न चाहने लाखौं युवा प्रभावित भएका छन् । विशेष गरी परीक्षाका लागि आवेदन दिइसकेका ७० हजारभन्दा बढी युवा मर्कामा परेका छन् । लोक सेवा आयोगले यही जेठ १५ गते ५१५ स्थानीय तहमा ९ हजार १ सय ६१ पदका लागि आवेदन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर