काठमाडौं । शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित घोषणापत्र पारित भएको छ । विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्धेश्य सहित त्रिभुवन विश्वविद्यालयले गरेको सम्मेलनले शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित १७ बुँदे घोषणापत्र पारित गरेको हो ।

शिक्षकहरुलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण विषय वस्तुहरु पाठ्यक्रम निर्माणमा संलग्न गराउने जनाइएको छ । साथै, प्राध्यापकहलाई थप शसक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रमहरु निर्माण गर्ने कुरा पनि उल्लेख गरिएको छ ।

अनुसन्धानलाई ग्राहयता दिदै अनुसन्धानमा बजेट बढाउने लगायतका सम्मेलनले सकंल्प गरेको छ । सम्मेलनमा जम्मा १२ वटा कार्यपत्र प्रस्तुत भएको थियो भने विश्वविद्यालयको अन्तराष्ट्रियकरण गर्ने विषयमा छलफल सत्र आयोजना गरिएको थियो ।

विश्वस्तरमा ख्यातीप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका गरी सम्मेलनमा सहभागि १ सय ५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखहरुको विच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

सम्मेलनको समापनसत्रमा बोल्दै खनियाले सम्मेलनले आफुहरुलाई महत्वपूर्ण सुझाव उपलब्ध गराएको र यसले विश्वका विश्वविद्यालयहरुसँग प्रतिपस्र्धा र समयसामयिक बनाउन भूमिका निर्वाह गर्ने जनाउनुभयो । पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार तथा उद्यमशीलता र व्यवस्थापन गरी तीनवटा विषयगत क्षेत्रमा सम्मेलनमा छलफल गरिएको थियो ।

सम्बन्धित खबरहरु