लोकसेवा आयोगको विज्ञापन विवादबारे बोल्यो सर्वोच्व अदालत, अब यस्तो हुने भयो ?


काठमाडौं । लामो समय देखि विवादमा पर्दै आएको लोक सेवा आयोगले स्थानीय तहका लागि शुरु गरेको कर्मचारी भर्ना प्रकृयाबारे सर्वोच्व अदालतले आफ्नो बयान दिएको छ ।

सर्वोच्चले भर्ना प्रकृया रोक्न तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अब आयोगलाई स्थानीय तहमा कर्मचारी भर्ना प्रकृया अघि वढाउन तत्काललाई बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले भर्ना प्रकृया रोक्न अन्तरिम आदेश माग्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएको हो ।

अदालतले लोकसेवाले गरेको बिज्ञापनलाई यथास्थितमा राख्ने कि नराख्ने भन्ने विषयमा आयोगको समेत जिकिर सुन्नपर्ने भन्दै आगामी ३ असारमा आयोगलाई अदालत बोलाएको छ ।

सो दिन अदालतको संयुक्त इजलासले आयोग र निवेदक दुवैका कुरा सुनेपछि मात्र निवेदकको माग अनुसार अन्तरिम आदेश मार्फत विज्ञापन अघि वढाउन दिने या नदिने भन्ने निर्णय सुनाउनेछ ।

सर्वोच्चको यो आदेशसँगै स्थानीय तहका लागि आयोगले मागेको ९ हजार भन्दा वढी पदमा आवेदन दिन वाटो खुलेको छ । आयोगले विज्ञापन जारी गरेपछि समावेशी नभएको भन्दै आन्दोलन भएको थियो । अर्को तिर विज्ञापन रद्ध गर्न नहुँने भन्दै पनि केही दिनदेखी आन्दोलन भइरहेको थियो ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता