वाङ्मय शताब्दी पुरुष जोशीको तस्वीरसहित कल्पनाद्धारा दोस्रो पटक सगरमाथाको सफल आरोहण


ललितपुर । सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेको क्षणमा महर्जनले ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउनु भएको छ ।

उहाँले शिखरको दुवै मोहोडाबाट सफल आरोहण गर्नु भएको छ । उत्तरी मोहोडाबाट २३ मे २०१९, ०७६ जेठ ९ गते बिहिबार बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गर्नु भएको हो ।
उहाँले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट २३ मे २०१८ (०७५ जेठ ९ गते बुधबार) सफल आरोहण गर्नु भएको थियो भने उत्तर तर्पmको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान राख्नु भएको हो ।

सम्भवत दुवै मोहोडाबाट एकै महिनाको एउटै तारिख र एउटै गतेका दिनमा सगरमाथा शिखर चुम्ने प्रथम व्यक्ति नै कल्पना नै भएको पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि.का निर्देशक रविन्द्र महर्जनले बताउनु भयो ।

शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारा सहित पत्रकार तथा महिला सगरमाथा आरोही महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको ल्हासातर्पm ०७५ चैत २८ गते ललितपुरबाट प्रस्थान गरेकी महर्जनले ४३ औँ दिनमा शिखर चुम्न सफल हुनु भएको हो ।

कल्पनालाई शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेसन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयर, एटिटि एसएच, ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी, युनाइटेड सिमेन्ट, मैजान आयललगायतका संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
शिक्षक लगायत सम्पूर्ण कर्मचारीको स्थायी खारेज गरे यस्तो नयाँ विधि
सबैलाई दु:ख लाग्ने त्रिवि कर्मचारीको बदमासी : ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ दिएर गोल्डमेडल
स्नातकोत्तर तहका परीक्षार्थीहरुका लागि अत्यन्तै जरूरी सूचना
रजिष्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सुचना
१० बर्षदेखि धनुषामाको यो विद्यालयमा डेस्क बेन्च छैन, के राज्यले नसकेको/नदेखेको होला ?
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com