लोक सेवाको भर्ना प्रक्रिया रोकिए युवा संघ नेपाल प्रतिकारमा उत्रिन्छ : सह–संयोजक पौडेल


काठमाडौ । नेकपाको शक्तिशाली भातृ संगठन युवा संघ नेपालका सह–संयोजक रमेश पौडेलले समृद्ध नेपाल बनेको देख्न नचाहनेहरुले लोक सेवा आयोगको भर्ना प्रकृयाको विरोध गरेको बताएका छन् ।

पौडेलले राज्य व्यवस्था समितिले लोक सेवा आयोगले स्थानीय तहको लागि मागेको विज्ञापन रद्ध गर्न दिएको निर्देशन गलत भएको बताउदै त्यसो गरिए प्रतिकारमा उत्रिने बताएका हुन् ।

पौडेलका अनुसार राज्य ब्यवस्था समितिको निर्देशनले लाखौं युवाको भविस्य अन्धकरमा परेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकेकोले तत्काल निर्देशन फिर्ता लिन पौडेलले अनुरोध समेत गरेका छन् ।

स्थानीय तहमा करारमा भर्ती गरेर आफ्नो नाता गोता भाइ भतिजालाई जागिर खुवाएर सक्षम युवाहरुको भविष्यमाथी खेल्ने काम भएकोले सो कुरा युवा संघलाई मान्य नहुने पौडेलले बताए ।

प्रदेशको लोक सेवा आयोग बन्न समय लाग्ने हुँदा संघीय लोक सेवा आयोगले सरकारले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न लोक सेवा आयोगले भर्ना गर्नु पर्ने उनको तर्क छ ।

मुलुकको प्रगती देख्न नचाहानेले यो प्रक्रियाको विरोध गरेको बताउँदै पौडेलले प्रधानमन्त्री ओलीको समृद्धिको अभियानमा बाधक बन्न आए युवा संघले देशैभरी प्रतिकार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सबैलाई दु:ख लाग्ने त्रिवि कर्मचारीको बदमासी : ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ दिएर गोल्डमेडल
स्नातकोत्तर तहका परीक्षार्थीहरुका लागि अत्यन्तै जरूरी सूचना
रजिष्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सुचना
१० बर्षदेखि धनुषामाको यो विद्यालयमा डेस्क बेन्च छैन, के राज्यले नसकेको/नदेखेको होला ?
यो कुरा फलो गर्नुहोस् पढेको हुबहुपनि सम्झिने र पढ्न जतिपनि लाग्नेछ जाँगर
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com