बलात्कारीलाई नपुसंक बनाउन सुई दिइने विधेयक पारित


काठमाडौं । नेपालमा अहिले बलात्कार एकदमै ठुलो चुनौतीको रुपमा देखिएको छ । भारतमा पनि बलात्कारका घटना लगातार बढ्दै गएका छन् । यो बिचमा अमेरिकाको अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार बलात्कार रोक्न एक विधेयकमा हस्ताक्षर गरेकी हुन् । विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।

सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ । सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा उल्लेख छ ।

यस्तो सुई भने दोषी आफैंले किन्नुपर्नेछ । तर, यस्तो सुई प्रयोग गर्ने अन्तिम निर्णय भने न्यायाधिशले गर्नेछन् । अलाबामा राज्यमा १ सेप्टेम्बर २०१९ देखि यो कानून लागू हुने बताइएको छ । अमेरिकाका ७ राज्यमा बाल यौन दुराचारीलाई यस्तो सुई दिने प्रावधान छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर