काठमाडौं । केही महिना पहिले भारतका झण्डै तीन राज्यहरुमा आतंक मच्चाएको फाँनी आँधी जस्तै फेरि अर्को आँधी आएको छ । भारतको बंगालबाट सुरु भएको आँधी बंगलादेशमा गएर सकिएको थियो । यसको असर नेपालमा पनि उत्तिकै परेको थियो ।

अहिले फेरि भारतमा शक्तिशाली चक्रवात ‘वायु’ भारतको गुजरातमा आउने भनेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गुजरातमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

खबर अनुसार दूतावासले आपत्कालीन उद्धारको लागि उद्धार टोलीसमेत तयारी अवस्थामा राखिसकेका छन् । चक्रवात वायु आउने भनिएको गुजरातमा ठूलौ संख्यामा नेपालीहरुको बसोबास रहेका छ ।

दूतावासले उनीहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएको छ । चक्रवात वायु आउने भएपछि भारत सरकारले गुजरातमा रहेका ६० लाख मानीस प्रभावित हुने जनाएको छ ।

भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले त्यस क्षेत्रमा आउँने विपत्तमा जनताको साथ दिन र आफु पनि सुरक्षित हुन पार्टी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

जेठ ३० गते (बिहिबार)
दिउँसो:देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । राति: देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार) दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार) दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

सम्बन्धित खबरहरु