काठमाडौं । हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुजा गर्ने गरिन्छ । तर कहिलेकाँही गाइको नै हत्या गरिएका खबरहरु बािहर आउँछन् । भारत हिन्दु बाहुल्यता भएको देश हो यहाँ गाईलाई धेरै सम्मान गर्ने गरिन्छ ।

तर, अहिले एक समाचार समाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा तपाई देख्न सक्नुहुन्छ गाइ मरेका छन् । भारतको राजस्थानको लांबा गाउँमा सुंगुर मार्नको लागि हालिएको विष पिएर दर्जनौं गाइवस्तु मरेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार दर्जनौं जनवार घाइते पनि भएका छन् । घाइते जनवारको उपचार भइरहेको समेत्त प्रहरीले बताएको छ । जनवार मरेको खबर पछि आएका मुख्य कन्स्टेबल रामकरण सिंहका अनुसार यो घटनाको बारेमा लांबा निवासी मिथुन सरगराले दिएका थिए । विषालु दाना खानाले ५ भैंसी, २ नील गाई एक गाइ सहित डेढ़ दर्जन सुंगुर मरेका छन् ।

३ भैसी ओमप्रकाश पुत्र हरिराम सरगरा, १ भैंसी बाबूलाल पुत्र हरिराम १ गाई कुनाराम पुत्र लादूराम ईरानीको भएको बताइएको छ । ठाउँठाउँमा सुंगुरको शब फेला परेको छ ।

विष यत्तिसम्म खत्तरानाक थियो कि मरेका जनवारको आँखाबाट रगत आएको थियो । पशुधन सहायक मादाराम विश्नोई, नोडल अधिकारी नवीन जयसवाल, दिनेश चौधरी, ओमप्रकाश सिरवी, गजेंद्र सिंह सहित पशु चिकित्सकले मृत जानवरको पोस्टमार्टम गरेर विसरा जाँच गर्नलाई नमुना लिएका छन् ।

मरेका जनवारलाई खाल्डो खनेर गाडीएको छ । विष भएको चारो दिएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु