काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा फारम सम्बन्धि अत्यन्तै जरुरी सुचना जारी गरेको छ । व्यवस्थापन संकाय डीनको कार्यालयबाट समेष्टर प्रणालीमा संचालित एमवीएस र एमपीए कार्यक्रममा २०७५ मा भर्ना भएका परीक्षार्थीहरुको लागि यो सुचना जारी गरिएको छ । प्रथमसत्रको नियमित र आंशिक परीक्षार्थीहरु समेतको प्रथमसत्रको नियमित परीक्षा मिति २०७६ साउन चौथो सातादेखि संचालन हुने जानकारी गराइन्छ ।

परीक्षार्थीहरुले आफू सम्मिलित हुन चाहेको विषय र स्पष्ट उल्लेख गरी सम्बन्धित कलेजमा मिति २०७६ साल असार २४ गतेभित्र र कलेजहरुले उक्त परीक्षा फारम मिति २०७६ साल असार २७ गतेभित्र परीक्षा नियन्त्रण महाशाखामा तपसिल बमोजिमको आवश्यक शुल्कसहित अनिवार्य रुपमा उपलब्ध गराउन सम्बन्धित सबैका लागि यो सुचना जारी गराइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।

यो पनि पढ्नुहोस्, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । स्थायी घर दाङ भइ काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत युवतीलाई खोलाले बगाएको हो ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई हुन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी युवती आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।

सम्बन्धित खबरहरु