सामान्य झगडाले उजाड बन्यो यी महिलाको जिन्दगी, आफ्नै साथिले गरे हत्या !


काठमाडौं । मान्छेको जीवन कत्तिसम्म छोटो हुन्छ भन्ने एक घटना भारतमा देखिएको छ । तीन दिनअघि उत्तर प्रदेशको बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी दरवेश यादवको हिजो आफ्नै साथी अधिवक्ताले गोली हानी हत्या गरेका छन् । आक्रमण गर्ने अधिवक्ता मनिष बाबु शर्माले पनि आफूलाई गोली हानेका छन् ।

उनलाई अस्पताल भर्ना गरिएको छ र स्थिती गम्भिर बताइएको छ । दरवेश बार काउन्सिलका २४ सदस्यमध्ये एक्ली महिला थिइन् । दरवेशका पिता डिएसपी थिए ।

दरवेश सन् २०१६ मा बार काउन्सिलकी उपाध्यक्ष र सन् २०१७ मा कार्यकारी अध्यक्ष पनि भएकी थिईन् । दैनिक भास्करले जनाए अनुसार बुधबार अदालतको परिसरमा दरवेशको स्वागत कार्यक्रम थियो ।

कार्यक्रमपछि उनी वरिष्ठ अधिवक्ता अरविन्द कुमार मिश्राको चेम्बरमा बसेकी थिइन् । स्थानीय पत्रकार विवेक कुमार जैनका अनुसार बुधबार दिउँसो करिब तीन बजे युपी बार काउन्सिलकी अध्यक्ष दरवेश यादव र अधिवक्ता मनिष शर्माबीच केही विषयमा विवाद भयो ।

आगराका असिस्टेन्ट डिरेक्टर जनरल अजय आनन्दका अनुसार विवाद यति बढ्यो कि अधिवक्ता मनिष शर्माले दरवेश यादवलाई तीन पटक गोली हाने अनी आफुलाई पनि गोली हानेर आत्महत्या गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सबैलाई दु:ख लाग्ने त्रिवि कर्मचारीको बदमासी : ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ दिएर गोल्डमेडल
स्नातकोत्तर तहका परीक्षार्थीहरुका लागि अत्यन्तै जरूरी सूचना
रजिष्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सुचना
१० बर्षदेखि धनुषामाको यो विद्यालयमा डेस्क बेन्च छैन, के राज्यले नसकेको/नदेखेको होला ?
यो कुरा फलो गर्नुहोस् पढेको हुबहुपनि सम्झिने र पढ्न जतिपनि लाग्नेछ जाँगर
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com