Is-Ladakuकाठमाडौं, कात्तिक ३० । फ्रान्सको राजधानीमा पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)ले अब भारत कब्जा गर्ने योजना बनाएको छ ।

संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब दक्षिण एसियाको लोकतान्त्रिक मुलुक भारतलाई आफ्नो कब्जामा पार्ने योजना बनाएको हो । मुश्लीम समुदायका लागि विभिन्न देशका सहरहरु कब्जा गरेर छुट्टै राज्य घोषणा गर्दै हिडेको आईएसले भारतमा धेरै संख्या मुश्लीम रहेकाले कब्जामा लिने धम्कीसहितको भिडियोलाई उद्धृत गर्दै बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा पाकिस्तान भन्दा पनि भारत परेको छ । किनकि पाकिस्तान मुश्लीम समुदायलाई त्यहाँको सरकारले पर्याप्त अधिकार दिएको छ । तर, भारतले मुश्लीमलाई अधिकार दिनुको सट्टा कुटिकुटि मारेर असहिष्णूता फैलाइरहेको छ ।

हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले २० वर्षभित्र पुरै भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ । दिल्लीमा केन्द्रीय सुरक्षा निकायको बैठक समेत बसेको थियो ।

अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।

हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर १२८ जनाको ज्यान लिएको थियो । (एजेन्सीको सहयोगमा)

सम्बन्धित खबरहरु