काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा फारम सम्बन्धि अत्यन्तै जरुरी सुचना जारी गरेको छ । व्यवस्थापन संकाय डीनको कार्यालयबाट समेष्टर प्रणालीमा संचालित एमवीएस र एमपीए कार्यक्रममा २०७५ मा भर्ना भएका परीक्षार्थीहरुको लागि यो सुचना जारी गरिएको छ । प्रथमसत्रको नियमित र आंशिक परीक्षार्थीहरु समेतको प्रथमसत्रको नियमित परीक्षा मिति २०७६ साउन चौथो सातादेखि संचालन हुने जानकारी गराइन्छ ।

 

 

परीक्षार्थीहरुले आफू सम्मिलित हुन चाहेको विषय र स्पष्ट उल्लेख गरी सम्बन्धित कलेजमा मिति २०७६ साल असार २४ गतेभित्र र कलेजहरुले उक्त परीक्षा फारम मिति २०७६ साल असार २७ गतेभित्र परीक्षा नियन्त्रण महाशाखामा तपसिल बमोजिमको आवश्यक शुल्कसहित अनिवार्य रुपमा उपलब्ध गराउन सम्बन्धित सबैका लागि यो सुचना जारी गराइएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय बाट सेमेस्टर प्रणालीमा सञ्चालित एमवीएस र एमपीए कार्यक्रममा २०७४ साल अर्थात् सन् २०१८ मा भर्ना भएका परिक्षार्थीहरुको तेस्रो सत्रको नियमित–मौका परीक्षामा सामेल भई अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु नियमित परीक्षाको आंशिक परीक्षार्थीको तेस्रो शास्त्रको नियमित २०७६ साल भदौ महिनाको पहिलो सातादेखि संचालन हुने कुरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

व्यवस्थापन संकायद्धारा उपत्यकाभित्र सञ्चालित सेमेष्टर प्रणालीको एमबिएस र एमपीए कार्यक्रममा सन् २०१७ मा भर्ना भएका विद्यार्थीहरुको चौथो सत्रको नियमित परीक्षा २०७६ साल साउनको पहिलो सातादेखि संचालन हुने भएकाले आफू सम्मिलित हुन चाहेको विषय स्पष्ट उल्लेख गरी सम्बन्धित कलेजमा बुझाउन सबैलाई अनुरोध गरिन्छ ।

 

 

 

 

सम्बन्धित खबरहरु