काठमाडौ । सरकारले गरेको निर्णय २४ घण्टा पनि टिक्न सकेको छैन । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेको विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिनुभयो । आज दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय भएको थियो ।

जानकारी अनुसार कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछाडी हटेको हो । सामाजिक सञ्जालदेखि चौतर्फी भाडा बढाउने कुराको विरोध भइरहेको छ ।

सम्बन्धित खबरहरु