काठमाडौं । लामो समय देखि आर्थिक संकट झेल्दै आएको मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले देश आर्थिक संकटमा परेको भन्दै आफूले प्रयोग गर्दै आएको विमान बेच्ने घोषणा गरेका छन् ।

उनले देशको आर्थिक संबृद्धीका लागि यो रकम लगानी गर्ने बताएका छन् । वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडेरले विमान बेचेर आएको नाफाबाट गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका हुन् ।

अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्ने सहमति गरेको छ । उनले चढ्ने बोइङ ड्रिमलाइनर ७८७ सिरिजको विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको छ ।

पदभार ग्रहण गर्दा नै राष्ट्रपति ओब्राडोरले आफू सार्वजनिक विमान चढ्ने घोषणा गरेका थिए । यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिकप्टर पनि बिक्री गर्न लागेको जानकारी दिइएको छ । एजेन्सी

सम्बन्धित खबरहरु