काठमाडौं । उद्योगमा काम गर्दै गर्दा तीन जनाको ज्यान गएको छ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको ज्यान गएको हो । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको जनाइएको छ ।

घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन । घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् ।

जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल ल्याइएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना राति २ बजे भएको बुझिएको छ । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खबरहरु