काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त गर्ने बताउँदा कतिपयले यसलाई हावादारी कुरा भनेका थिए ।

तर संसारभर वायु उर्जामा भएका प्रगति र नेपालमै भैरहेका अध्ययनले पनि नेपालमा हावा बाट बिजुली निकाल्ने कुरा हावादारी नरहेको देखाएको छ। सन् २००८ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिर्पोट अनुसार नेपालमा ३ हजार मेगावाट विद्युत हावाबाट निकाल्न सकिने देखाएको छ।

सो रिर्पोटमा अन्नपुर्ण संरक्षण क्षेत्रमा मात्रै हावाबाट ७ सय १६ मेगावाट विद्युत निकाल्न सकिने बताइएको छ। सो रिपोर्टमा राष्ट्रिय प्रसारण लाइनबाट १५ किलोमिटर वरपरको ठाउँमा मात्रै अध्ययन भएकाले अरु धेरै थाहा नभएका ठाउँमा पनि हावाबाट बिजुली निकाल्न सकिने देखिन्छ।

हावाबाट धेरै बिजुली निकालेका देशमध्ये डेनमार्क एक हो। डेनमार्कमा अहिले राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युतको ४० प्रतिशत वायु उर्जा रहेको छ। टाढाको युरोपमा मात्रै होइन छिमेकी भारत र चीनले पछिल्लो दशकमा वायु उर्जामा उल्लेख्य फड्को मारेका छन्।

भारतले पछिल्लो दशकमा २५ हजार मेगावाट वायु उर्जा निकालेको छ भने चीनले १ लाख मेगावाट वायु उर्जा निकालेको छ। पाकिस्तानले पनि सय मेगावाट वायु उर्जा निकालिसकेको छ।
नेपालमा भने अहिलेसम्म वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको पहलमा मकवानपुरको फापरबारी, नवलपरासीको धोवाडी र जुम्लाको दांगीवडामा ५० किलोवाट जति विद्युत उत्पादन भएको छ।

नयाँ प्रविधिमा ८ मेगावाट क्षमताका ट्रबाइन प्रयोगमा आउन थालिसकेका छन्। प्रविधिमा आएको यो फडकोबाट बेखबर नेपालमा भने वायु उर्जा अझै ‘हावादारी‘ गफको विषय बनाइएको छ। कतिपय यसलाई अति नै महंगो हुने तर्क गरेका छन्। पहिलेको सरकारले वायु उर्जा निकाल्न न आफूले पहल गरेको छ न त निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गरिरहेको छ। खासमा नेपालमा वायु उर्जाबारे विस्तृत अध्ययन नै भएको छैन।

विश्व बैंकको सहयोग नेपालमा कुन कुन ठाउँमा कुन गतिमा हावा चल्छ र त्यसबाट कति विद्युत निकाल्न सकिन्छ भनेर अहिले अध्ययन भइरहेको छ। सन् २०१५ मा सुरु भएको यो अध्ययनको प्रतिवेदन २०१८ मा आएको छ। मुस्ताङको सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन सुरू भएको हो।

बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको छ। उता मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । सप्तमी बजारका ११० घरधुरी लाभान्वित हुनेगरी वायु र सौर्य ऊर्जाको समन्वयबाट बिजुली निकालिएको हो ।

अब साच्चिकै हावाबाट बिजुली निस्किदो रहेछ भन्ने प्रमाणित भएको छ । सम्माननीय प्रधानमन्त्री के पी ओलीले भनेको असम्भव भन्नेहरुलाई पत्रकारले फोटो खिचेरै देखाईदिएका छन।

सम्बन्धित खबरहरु