भारत । लिची खाँदा मृत्यु हुने बालबालिकाको संख्या ४७ जना पुगेको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा हज्जारौ बालबालिका सिकिस्त बनेका छन् । यो घटना भारतको हो ।

सिकिस्त धेरै रहेकाले मृतकको संख्या बढेर जाने भारतिय सञ्चार माध्यमले जनाएको छ । त्यहाँ हरेक दिन बालबालिकाको मृत्यु भइरहेको छ कारण लिची नै भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखियो, जसका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भयो ।

मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यत्रामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ । राज्यको स्वास्थ्य विभागले हाइपोग्लाईसेमियाका कारण बालकहरुको मृत्यु भएको र त्यसमा यसवर्ष प्रशस्त मात्रामा फलेको लिचीको पनि भूमिका रहेको बताएको छ ।

भारतिय स्वास्थ्य संस्थाहरुले अहिले लिची नखानका लागि सार्वजानिक रुपमा सचेतना मुलक सन्देश सेयर गर्न भनेका छन् ।

सम्बन्धित खबरहरु