काठमाडौ । क्याप्टेन विजय लामा धेरै नेपालीहरुको मनमा बसेको नाम हो । उहाँ समय समयमा विभिन्न विषयहरुमा आफ्नो धारणा राख्ने गर्नुहुन्छ । नेपाल वायु सेवा निगमका प्रवक्ता समेत रहनु भएका क्याप्टेन लामाले पछिल्लो समय सरकारले आम जनतालाई आतंकित बनाउन थालेको बताउनु भएको छ ।

सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र विरोध भइरहेको बेला क्याप्टेन लामाले नेवार समूदाय मात्र नभएर अन्य सम्पूर्ण समूदायहरूलाई पनि सरकारले आतंकित बनाउन थालेको आरोप लगाउँनु भएको छ । लामाले फेसबुकमा स्टाटस लेख्दै सरकारलाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह समेत गर्नुभएको छ ।

यस्तो छ लामाको फेसबुक स्टाटस, ‘गुठी बिधेयकले तताएको छ नेपाल । यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी । नेवार समुदाय मात्र नभएर सम्पुर्ण अन्य समुदायहरुलाइ पनि आतंकित बनाउन थाली सकेको छ केही समय देखि यो सरकारको काम गतिबिधीले ।

२/३ को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइन ? त्यस्तो चाहिँ नहोस पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वरमा बिरोध गर्छन त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलार्इ ।

नेवा समुदाय र अन्य समुदाय ज जस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर–समरक्षण गरि राखेका छन उहाँहरुलाइ हामी सबैको साथ छ । काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौ । तपाइहरु एक्लो हुनुहुन्न, सम्पुर्ण नेपाली परिवार तपाइहरुको साथमा छ ।

त्यसैले फिर्ता लिउ, खारिज गर यो गुठी बिधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने । देशमा शान्ति ल्याउने हो भने । जय चन्द्र सुर्य ।’ लामालाई एकपटक निगमले प्रवत्ताको पदबाट हटाएको थियो । तर पछि सर्वसाधारणको दबाब बढ्न थालेपछि निगमले फेरि जिम्मेवारी सुम्पेको थियो ।

सम्बन्धित खबरहरु