काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनता प्रति उतदायी भएको बताउनुभएको छ । यूरोपको ९ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिनुभएको छ । “अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो संवाद,सहमति, र अग्रगमनको समय हो । ”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनता प्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताउनुभएको छ । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हसाँउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले गुठी विधयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताउनुभएको छ । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रम ओलीले भन्नुभयो “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।”

प्रधानमन्त्रीका तर्फबाट परराष्ट्र मन्त्रीप्रदिप ज्ञवालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाचन गरिएको प्रस विज्ञप्तीको पूर्ण अंशपनि यहाँ राखिएको छ ।

सम्बन्धित खबरहरु