काठमाडौ । आईसीसी एक दिवसीय विश्व कप क्रिकेट २०१९ को अत्यन्तै बहुप्रतिक्षित खेल भारत र पाकिस्तानबीच महा–भिडन्त भइरहेको छ । मैनचेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा खेल जारी छ ।

पाकिस्तानले टस जितेर पहिले फील्डिंग रोजेको छ । वर्ल्ड कपका कुरामा भारतीय टीमले पाकिस्तानसँग अहिलेसम्मका सबै खेल जितेको छ । यो विश्वकपका दौरानमा ८ खेलमा भारत र पाकिस्तान आमनेसामने भएका थिए । सबै खेल भारतले जितेको थियो । शुक्रवारपछि पानी परिरहेको थियो ।

तर खेलका दौरानमा अहिले मौसम सफा रहेको छ । भारतले ३५ ओभरको समाप्तिमा १ विकेटका साथ २०६ रन बनाएको छ । के एल राहुलले ७८ बलको समाप्तिमा ५७ रन बनाएर आउट भए ।

रोहित शर्माले १०१ बल खर्चिएर ११८९ रन बनाए । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपअन्तर्गत भारतीय ब्याट्स्‌म्यान रोहित शर्माको यो पहिलो शतक हो । उनले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ८५ बलमा शतक पूरा गरेका थिए । त्यसक्रममा उनले ९ चौका र ३ छक्का प्रहार गरे ।

सम्बन्धित खबरहरु